काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा साढे ४७ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म ९१४ परियोजनाका लागि ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
यसअवधिमा ७११ परियोजनामा अटोमेटिक रुटबाट सात अर्ब ७१ करोड ६८ लाख ७९ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने कागजी प्रक्रियाबाट २०३ परियोजनामा ३९ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
चालु आवको जेठमा मात्रै १८६ परियोजनाका लागि दुई अर्ब २९ करोड ५३ लाख ४३ हजार रुपैयाँ बराबरको लगनाी प्रस्ताव आएको छ ।
जेठसम्ममा दर्ता भएका उद्योगमा २५ हजार ४५० जनाले रोजगारी पाउने भएका छन् । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ८९४ वटा, मझौला उद्योग ११ र ठूला उद्योग नौ वटा रहेका छन् ।
विभाग अनुसार जेठसम्ममा कृषि क्षेत्रका १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ, पर्यटन क्षेत्रका २०२ परियोजनामा १२ अर्ब ९९ करोड ७४ लाख र उत्पादन मुलुक क्षेत्रका ५२ परियोजनामा तीन अर्ब ५७ करोड १० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
त्यस्तै, ऊर्जा सम्बन्धी दुई परियोजनामा २३ करोड ४२ लाख ५० हजार, सेवामुलक क्षेत्रका ६२ परियोजनामा चार अर्ब ५९ करोड नौ लाख र सुचना प्रविधिका ५७७ परियोजनामा दुई अर्ब ३६ करोड ५८ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत साढे १७ अर्ब रुपैयाँ रोयल्टी लगेका छन् । विदेशी लगानीकर्ताले नेपालबाट १७ अर्ब ८० करोड ३३ लाख २ हजार रुपैयाँ लाभांश लगेका हुन् ।
यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ५ अर्ब ५८ करोड ४८ लाख ६२ हजार, अमेरिकी डलरमा १५ लाख २१ हजार र भारतीय मूल्यमा थप ५४ लाख ३६ हजार रुपैयाँ रोयल्टी लगेका हुन् ।
Advertisment