Below Menu
Below Menu

निर्माण व्यवसायीहरुको समस्या सम्बोधन गर्न परिसंघको अनुरोध

निर्माण व्यवसायीहरुको समस्या सम्बोधन गर्न परिसंघको अनुरोध

काठमाडौं : मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको तीव्र वृद्धिले नेपाली अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्न थालेको छ ।

विशेषगरी निर्माण क्षेत्रमा यसको प्रभाव गम्भीर रूपमा देखिन थालेपछि नेपाल उद्योग परिसंघले निर्माण व्यवसायीहरूको समस्या तत्काल सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

परिसंघका अनुसार युद्धअघि फेब्रुअरी १५ मा प्रतिलिटर १ सय ३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल बढेर २ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, निर्माण कार्यमा अत्यावश्यक मानिने बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १ सय ५५ रुपैयाँ पुगेको छ । 

नेपाल निर्माण व्यवसायी महासंघले डिजेल, मट्टितेल, बिटुमिनलगायत निर्माण सामग्री र ढुवानी खर्चमा भएको अत्यधिक वृद्धिका कारण निर्माण व्यवसायीहरूले हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको जनाएको छ । लागत बढेसँगै धेरै निर्माण परियोजना प्रभावित बनेका छन् भने कतिपय आयोजना ठप्प हुने अवस्थामा पुगेको महासंघको भनाइ छ ।

निर्माण क्षेत्र शिथिल हुँदा त्यससँग प्रत्यक्ष रूपमा जोडिएका सिमेन्ट, फलाम, ढुवानीलगायत अन्य उद्योगमा समेत नकारात्मक असर पर्ने परिसंघले जनाएको छ । निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाब कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन उनीहरूको समस्या यथाशीघ्र सम्बोधन गर्न परिसंघले सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ।

Advertisment

थप समाचार