काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २५.३६ प्रतिशतले घटेको छ ।
कम्पनीले प्रकाशित गरेको आर्थिक वर्षको असार मसान्तसम्ममको अपरिष्कृत वित्तीय विवरण अनुसार ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ८७ करोड ५० लाख रुपैयाँ मात्रै थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी २९.०८ प्रतिशतले घटेसँगै खुद नाफामा असर परेको हो । कम्पनीको कुल सञ्चालन आम्दानी २९.६४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २७.१३ प्रतिशत घटेको छ ।
यता निष्क्रिय कर्जा २.६५ प्रतिशतबाट बढेर २.९६८ प्रतिशत पुगेको छ । त्यस्तै इम्पेरमेन्ट चार्ज १० करोड ४० लाख रुपैयाँबाट घटेर ३ करोड २६ लाखमा रिभर्स भएको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४६ पैसा छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा १०.८५ प्रतिशत घटेको भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी ७.०३ रुपैयाँ घटेर १३.२६ रुपैयाँमा झरेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ५६.७२ गुणा छ ।
असार मसान्तसम्म चार अर्ब ९२ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले २६ अर्ब ३८ करोड १७ रुपैयाँ निक्षेप तथा सापटीबाट ३५ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ।