Below Menu

खराब कर्जा घट्दा सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफामा ८६ प्रतिशत वृद्धि 

खराब कर्जा घट्दा सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफामा ८६ प्रतिशत वृद्धि 

काठमाडौं : सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १५करोड चार लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

Sponsored Advertisement

सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.१८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले आठ करोड ८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो।

असार मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४७ प्रतिशतले घटेर करोड २३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी ०.१३ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी २.७९ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने १३२.०५ प्रतिशतले बढेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा ५५ करोड ८८ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६६.९८ रुपैयाँ ऋणात्मक रहेको छ।

यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा भने घटेको छ । गत वर्षको असारसम्ममा १०.६५ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ६.१५ प्रतिशतामा झरेको छ ।  

असार मसान्तसम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस ८.३५ रुपैयाँ बढेर १८.०४ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ ८६.७१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.४८ गुणा रहेको छ।

गत वर्षको चौथो त्रैमाससम्म ८३ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४४ करोड ८० लाख १० हजार रुपैयाँ रहेको छ ।