काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १२.५७ प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १०.३८ प्रतिशतले घटेको छ ।
Advertisment