Below Menu
Below Menu

मन्थली नगरपालिकाको विकास खर्च सुस्तः नौ महिनामा २१ प्रतिशत प्रगति, भुक्तानी रोकिएको दाबी

मन्थली नगरपालिकाको विकास खर्च सुस्तः नौ महिनामा २१ प्रतिशत प्रगति, भुक्तानी रोकिएको दाबी

रामेछाप : रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को नाै महिना एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसकेको पाइएको छ ।

नगरपालिकाले नौं महिनाको अवधिमा जम्मा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । नगरपालिकाको–८ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।

ठेक्का कार्यको भुक्तानीको क्रममा नै रहेका कारण पुँजीगत खर्च कमजोर देखिएको उनले दाबी गरे । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरेकोमा चालु खर्च ५९.९६ प्रतिशत प्रगति हुँदा विकास खर्च भने न्यून भएको जानकारी गराए ।

नगरपालिकाबाट यस वर्ष सञ्चालन गरिने जम्मा ६०० योजनामध्ये उपभोक्ता समिति मार्फत सञ्चालन हुने ५४४ वडा योजनाहरू रहेका उनले बताए ।

ती मध्ये हालसम्म ३९८ वटा अर्थात् करिब ६७ प्रतिशत योजनाको मात्र सम्झौता सम्पन्न भएको उनले जानकारी दिए । झण्डै ३३ प्रतिशत योजनाको आर्थिक वर्ष सकिन जम्मा २ महिना पनि बाँकी नभएको अवस्थामा कसरी सम्झौता हुन्छ र कस्तो काम हुन्छ भन्ने शङ्का पैदा भएको छ ।

तथापि प्रमुख प्रशासकीय अधिकृतसापकोटाले काम विभिन्न समस्याको कारण काममा ढिलाइ भएपनि अब कामले गति लिने बताए । नगरपालिकाले यस आर्थिक वर्षमा हालसम्म १८७ वटा योजनाको भुक्तानी दिएको छ । १२ वटा योजनाको भुक्तानी हुने चरणमा रहेका छन् ।

कार्यक्रममा नागरिकहरूले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लब श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृतसापकोटा र वडाध्यक्षहरूले दिएका थिए ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले काम गर्दा भएका कमजोरी सुधारको लागि औँल्याइदिन नागरिकलाई आग्रह गरे । कमजोरी औँल्याइदिए सच्चिएर अघि बढ्न मद्दत मिल्ने बताए ।

Advertisment

थप समाचार