काठमाडौं : साताको पाँचौ कारोबार दिन बिहिबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २५१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज बजारमा नौ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा आठ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर र होटल फरेष्ट इन कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एनआईसी एशिया ब्यालेन्स फण्ड कम्पनीको शेयरमूल्य ६.७४ प्रतिशतले घटेको छ ।
Advertisment