Below Menu
Below Menu

फोनपेले गर्यो एक वर्षमा ९७ करोड ४० लाखको व्यापार, बुक बिल्डिङबाट आईपीओ ल्याउँदै

फोनपेले गर्यो एक वर्षमा ९७ करोड ४० लाखको व्यापार, बुक बिल्डिङबाट आईपीओ ल्याउँदै

काठमाडौं : नेपालको डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको फोन पेमेन्ट सर्भिसले आर्थिक वर्ष सन् २०२५ मा ९७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ३३.९७ प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले ७२ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

यसअघि सन् २०२३ मा कम्पनीले ४४ करोड ६० लाख र सन् २०२२ मा २० करोड  ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको छ महिनामै ६१ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरिसकेको छ । यसरी हेर्दा कम्पनीको वार्षिक कारोबार एक अर्ब  रुपैयाँ नाघ्ने अनुमान गरिएको छ । 

पछिल्ला चार वर्षको तथ्यांक हेर्दा कम्पनीको आम्दानी औसत ६१ प्रतिशतको दरले वार्षिक रुपमा वृद्धि देखिएको छ । पछिल्ला केही वर्षमा नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढेसँगै फोनपेको आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भएको हो ।

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिमा पनि उल्लेख्य वृद्धि देखिएको छ । सन् २०२४ मा ३९.३ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा ४७.४ प्रतिशत पुगेको छ भने चालु आवको छ महिनामा ५१.६ प्रतिशत कायम रहेको छ । करिब ५७ प्रतिशतको पुँजी प्रतिफल( रिटर्न अन इक्विटी) ले कम्पनीको नाफा आर्जन क्षमता बलियो रहेको देखिएको छ । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको छ । जसले यसको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको र लगानीको जोखिम तुलनात्मक रूपमा कम रहेको संकेत गर्दछ । कम्पनीले बुक बिल्डिङ मार्फत सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने तयारीस्वरुप रेटिङ गराएको हो । 

बजार उपस्थितिको हिसाबले पनि फोनपे निकै सशक्त देखिएको छ । क्यूआर कोडमा आधारित भुक्तानी सेवामा कम्पनीले करिब ९७ प्रतिशत बजार हिस्सा ओगटेको छ भने अन्तर–बैंक रकमान्तर सेवामा यसको हिसा ८६ प्रतिशत रहेको छ । हाल कम्पनीसँग ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् भने करिब १७ लाख व्यापारीहरु कम्पनीको नेटवर्कमा जोडिएका छन् । 

फोनपे को प्रमुख प्रवद्र्धक एफवान सफ्ट इन्टरनेशनल हो । जसको करिब ६६ प्रतिशत स्वामित्व कम्पनीमा रहेको छ । सन् २००४ देखि फिनटेक क्षेत्रमा सक्रिय एफवानको  प्रविधिगत अनुभव र दक्षताले फोनपेको सेवामा महत्वपूर्ण भुमिका खेलेको छ । 

स्थापना कालदेखि हालसम्म फोनपे पूर्ण रूपमा ऋणमुक्त कम्पनीका रूपमा सञ्चालनमा रहेको छ । कम्पनीले आफ्नो सम्पूर्ण लगानी र विस्तार आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्दै आएको छ । 

सन् २०२६ जनवरीसम्म कम्पनीसँग करिब ६४ करोड ७० लाख रुपैयाँ नगद मौज्दात रहेको छ, जुन यसको वार्षिक सञ्चालन खर्च (५०–५५ करोड रुपैयाँ) को तुलनामा पर्याप्त मानिन्छ । साथै, बाह्य दायित्व र शुद्ध सम्पत्तिको अनुपात पनि न्यून (०.४ गुणा) रहेको छ ।

यद्यपि, कम्पनीको आम्दानी संरचनामा केही जोखिमहरू पनि देखिएका छन् । कुल आम्दानीको करिब ८५ देखि ९० प्रतिशत हिस्सा अन्तर–बैंक रकम स्थानान्तरण सेवाबाट आउने भएकाले नियामकीय परिवर्तनले प्रत्यक्ष प्रभाव पार्न सक्छ । 

विशेषगरी नेपाल राष्ट्र बैंकले प्रति कारोबार लाग्ने शुल्कमा कटौती गरेमा कम्पनीको आम्दानी र नाफामा दबाब पर्न सक्ने देखिन्छ । हाल ग्राहकबाट प्रति कारोबार १० रुपैयाँ शुल्क लिइन्छ, जसमा फोनपेको हिस्सा ६ रुपैयाँ हुन्छ । साथै, नेपाल क्लियरिङ हाउस जस्ता संस्थासँगको मूल्य प्रतिस्पर्धा पनि चुनौतीपूर्ण बन्ने देखिन्छ ।

यी जोखिमहरूको व्यवस्थापनका लागि फोनपेले आम्दानीका स्रोतहरू विविधीकरण गर्ने रणनीति अघि बढाएको छ। कम्पनीले भर्चुअल क्रेडिट कार्ड, अन्तरदेशीय (क्रस–बोर्डर) भुक्तानी सेवा लगायतका नयाँ उत्पादनहरू विकास तथा परीक्षण गरिरहेको छ। कम्पनी पूर्ण रूपमा ऋणमुक्त अवस्थामा छ र बाह्य दायित्व र शुद्ध सम्पत्तिको अनुपात पनि न्यून (०.४ गुणा) रहेको छ ।  

यद्यपि, कम्पनीको आम्दानी संरचनामा केन्द्रीय जोखिम पनि देखिन्छ। कुल आम्दानीको करिब ८५–९० प्रतिशत हिस्सा इन्टर–बैंक फण्ड ट्रान्सफरबाट आउने गरेको छ। हाल ग्राहकबाट प्रति कारोबार १० रुपैयाँ शुल्क लिइन्छ, जसमा फोनपेको हिस्सा ६ रुपैयाँ हुन्छ । साथै, साइबर सुरक्षा, प्रविधिगत जोखिम र सेटलमेन्टसँग सम्बन्धित काउन्टरपार्टी जोखिमहरू पनि कम्पनीका लागि संवेदनशील पक्षका रूपमा रहेका छन्। 

यी चुनौतीहरूलाई ध्यानमा राख्दै कम्पनीले नयाँ सेवा र उत्पादनहरू विकास गर्ने प्रयास गरिरहेको छ, जसमा भर्चुअल क्रेडिट कार्ड, क्रस–बोर्डर भुक्तानी लगायतका सेवाहरू परीक्षण चरणमा छन् । यी नयाँ पहलहरूले भविष्यमा आम्दानीको विविधीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


 

Advertisment

थप समाचार