काठमाडौं : सामाजिक सुरक्षा कोषले चाबहिलस्थित हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई सेवा प्रदायक अस्पतालको सूचिबाट हटाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको औषधि उपचार शाखा, थापाथलीले फागुन १३ गते जारी गरेको सूचनामा विभिन्न प्राविधिक कारणका कारण उक्त अस्पताललाई सेवा प्रदायक संस्थाको सूचीबाट हटाइएको जानकारी दिएको हो।
कोषका अनुसार अबदेखि हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालबाट सामाजिक सुरक्षा कोषका लाभग्राहीहरूले औषधि उपचार सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने छैनन्।
यस निर्णयका कारण लाभग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति कोषले क्षमायाचना समेत व्यक्त गरेको छ।
सामाजिक सुरक्षा कोषका उपनिर्देशक डा. सचित कुमार भण्डारका अनुसार कोषले आफ्ना लाभग्राहीहरूलाई अन्य सूचीबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाबाट आवश्यक स्वास्थ्य सेवा लिन अनुरोध गरेको छ।
Advertisment