काठमाडौं : नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ केही दिन अगाडि नै सुरु भइसकेको छ।
चाडपर्वको समयमा सुजुकीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाले विश्वास, पारदर्शिता तथा बिक्रीपश्चातको सेवाप्रति ब्रान्डको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुष्टि गर्दछ।
सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मतसम्भार सेवा) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्नेछन्। सुविधाहरू मोडेलअनुसार फरक हुनेछन् र देशभरका सबै सुजुकी शोरुममा उपलब्ध हुनेछन्।
यस योजनामा अल्टो के १० सिरिज, वागनआर सिरिज, सेलेरियो सिरिज, इको कार्गो, इको भ्यान सिरिज, ब्रेजा सिरिज, जिम्नी सिरिज, भिक्टोरिस सिरिज, फ्रोन्क्स सिरिज र ईभिटारा सिरिजसहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ। यो योजना २०८३ साउन २७ गतेदेखि मंसिर १५ गतेसम्म (सन् २०२६ अगस्ट १२ देखि डिसेम्बर १ सम्म) लागू रहनेछ।
हाल चलिरहेको “ईभिटारा फर्स्ट १०० युनिट प्रमोशनल स्किम” भने छुट्टै स्वतन्त्र अफरका रूपमा निरन्तर रहनेछ। पहिलो १०० युनिट रिटेल भइसकेपछि माथि उल्लेख गरिएका मोडेलअनुसारका सुजुकी पर्वोत्सव सुविधाहरू ईभिटारामा पनि स्वतः लागू हुनेछन्।
विद्युतीय सवारी साधनप्रतिको सुजुकीको निरन्तर प्रतिबद्धता अनुरूप ईभिटारा ग्राहकहरूले सवारीसँगै आउने ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन्। यो सुविधा ग्राहकको परिसरमा जडान सम्भाव्यताको अधीनमा रहनेछ।
सुजुकी पर्वोत्सवको घोषणा यस्तो बेला भएको छ, जब नयाँ ब्रेजा नाडा अटो शो २०२६ मार्फत नेपाली बजारमा पहिलोपटक सार्वजनिक हुँदै छ। सुजुकीको अद्यावधिक यो कम्प्याक्ट एसयूभी प्रदर्शनीको पूरै छ दिन फ्लोरमा प्रदर्शनीमा रहनेछ।
आगन्तुकहरूले गाडीलाई नजिकैबाट अवलोकन गर्न, भित्र बसेर अनुभव गर्न र बुकिङ गर्नुअघि यसको नयाँ पावरट्रेन, फिचर तथा सुरक्षा अपग्रेडका बारेमा सुजुकीका प्रडक्ट विशेषज्ञहरूसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन्। नयाँ सुजुकी ब्रेजाले छ कतबच द्यजबचबत ल्ऋब्ए सफ्टी रेटिंग प्राप्त गरेको गाडी हो ।
नयाँ ब्रेजासहित सुजुकीको सम्पूर्ण लाइनअप २०८३ भदौ ९ देखि १४ गतेसम्म (सन् २०२६ अगस्ट २५ देखि ३० सम्म) काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलभित्र रहेको सुजुकी प्याभिलियन, स्टल A*2 मा अवलोकन गर्न सकिनेछ। यस वर्षको प्रदर्शनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५० औं वार्षिकोत्सवको अवसर पारेर “गोल्डेन जुबिली संस्करण” का रूपमा आयोजना हुँदै छ।
प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छानिएका मोडेल बुकिङ गर्ने ग्राहकहरूका लागि सुजुकी पर्वोत्सव अन्तर्गत २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको विशेष “स्क्र्याच एन्ड विन” अफर पनि उपलब्ध हुनेछ।
सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले भने, “सम्भावित ग्राहकहरूलाई हामी आफ्नो नजिकैको आधिकारिक सुजुकी डिलरसिपमा र विशेषगरी अगस्ट २५ देखि ३० सम्म चल्ने नाडा अटो शोमा आउन आग्रह गर्दछौं, जहाँ मोडेलअनुसारका सुविधाबारे विस्तृत जानकारी लिन र यो सीमित अवधिको अवसरको लाभ उठाउन सकिनेछ ।”
इच्छुक ग्राहकहरूले पूर्ण विवरण, भेरियन्ट अनुसारको योग्यता तथा आवश्यक कागजातका बारेमा जानकारीका लागि आफ्नो नजिकैको आधिकारिक सुजुकी नेपाल डिलरसिपमा वा नाडा अटो शोका क्रममा सुजुकी प्याभिलियन, स्टल A*2 मा सम्पर्क गर्न सक्नेछन्।