Below Menu
Below Menu

माया खोला हाईड्रोपावरले एक करोड कित्ता हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

माया खोला हाईड्रोपावरले एक करोड कित्ता हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं : माया खोला हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक करोड कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

आज एक समारोहबीच हाईड्रोपावर कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतामा माया खोला हाईड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्यापिटलले हाईड्रोपावरको एक करोड कित्ता हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिन गर्नु पर्ने कार्यहरु तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको कार्यहरु गर्नेछ । 

यस कम्पनीको स्थापना २०६७ सालमा प्रालिको रुपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो ।

यस कम्पनीले संखुवासभा जिल्लामा १४.९ मे.वा. क्षमताको माया खोला हाईड्रोपावर आयोजनाको निर्माण गरि २०८० असारदेखि विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आईरहेको छ । यस कम्पनीले सर्वसाधारणहरुलाई २०७९ माघमा प्राथमिक शेयर जारी गरेको थियो ।

Advertisment

थप समाचार