Below Menu
Below Menu

धितोपत्र बजारमा ऋणको चाप बढ्दो, शेयर धितो कर्जा १.४८ खर्ब पुग्यो

धितोपत्र बजारमा ऋणको चाप बढ्दो, शेयर धितो कर्जा १.४८ खर्ब पुग्यो

काठमाडौं : धितोपत्र बजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा (शेयर धितो कर्जा) मा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कुल कर्जाको आकार एक खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेको छ ।  

Sponsored Advertisement

गत वर्षको साउनमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको यस्तो कर्जा डेढ वर्षमै करिब ६४ प्रतिशतले वृद्धि भएको हो । 

कुल प्रवाहित कर्जामध्ये १ करोड रुपैयाँ भन्दा माथिको कर्जाको हिस्सा मात्रै एक खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ रहेको छ । कुल कर्जाको झण्डै ७० प्रतिशत हो । पछिल्लो पाँच महिनाको अवधिमा मात्रै यो वर्गको कर्जा ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँले बढेको छ ।  
 
त्यसैगरी ५० लाखदेखि एक करोड रुपैयाँसम्मको कर्जा प्रवाह १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ । यो समूहको कर्जा पछिल्लो पाँच महिनामा सबैभन्दा उच्च ११.७ प्रतिशतले बढेको हो । 

राष्ट्र बैंकका अनुसार २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ प्रवाह भएको छ । जसमा पाँच महिनामा ७१ करोड ५८ लाख रुपैयाँ कर्जा थपिएको छ । 

सबैभन्दा साना लगानीकर्ता अर्थात २५ लाख रुपैयाँभन्दा कम कर्जा लिनेहरुको  मौज्दात ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यो समूहमा ६.७ प्रतिशतको वृद्धि देखिएको छ । 
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै कुल ८ अर्ब ८ करोड ६० लाख रुपैयाँले शेयर धितो कर्जा बढेको छ । जुन ५.७ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कर्जा १९.८ प्रतिशत अर्थात् १७ अर्ब ८५ करोड २० लाख रुपैयाँले बढेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा (क्याप) हटाउनु, बैैंकिङ प्रणालीमा अधिक तरलता रहनु र ब्याजदर सस्तो बन्दै जानुले शेयर धितो कर्जामा वृद्धि देखिएको हो । 


 

थप समाचार