Below Menu
Below Menu

युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने

युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने

अबु धाबी : संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ८६ जना बिरामीहरूलाई उपचारका लागि मानवीय पहल गरेको छ ।

उनीहरू परिवारका १२४ जना सदस्यहरूसँगै इजरायलको रामोन विमानस्थलबाट केरेम सालोम सीमा पार गर्दै चिकित्सकीय उपचारका लागि अबु धाबी पुगेका थिए ।

विकास तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि विदेशमामिला सहायक मन्त्री मोहम्मद अल शम्सीले पहलले संयुक्त अरब इमिरेट्स र डब्लुएचओको सहकार्यको स्थरलाई प्रतिबिम्बित गर्दै  गाजामा मानवीय विपत्तिको बीचमा भाइचाराले सहयोग गर्ने संयुक्त अरब इमिरेट्सको प्रतिबद्धताको उदाहरण पेश गर्ने बताएका छन् ।

अल शम्सीले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय साझेदार र राहतका लागि काम गर्दै आएका संस्थाहरूसँगको सहकार्यमा दृढ रहेको बताउँदै घाइते तथा गम्भीर रोगबाट पीडितलाई स्वास्थ्य सेवा प्रदान गर्न अग्रणी भूमिका जारी राख्ने बताएका छन् ।

युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले देशका अस्पतालमा एक हजार घाइते तथा क्यान्सर पिडित प्यालेस्टिनी बिरामीको उपचार सुरु गरेको बताएका छन् । उनका अनुसार यो पहलमा अहिलेसम्म दुई हजार १२७ जना बिरामीरूलाई संयुक्त अरब इमिरेट्समा सारिएको छ ।

सन् २०२३ डिसेम्बर २ मा युएईले बिरामी तथा गम्भीर घाइते प्यालेस्टिनीलाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास सूरु गरेदेखि हालसम्म युएईका अस्पतालमा ५० हजार ४८९  सङ्क्रमितको उपचार भएको जनाइएको छ । 

युएईले प्यालेस्टिनी जनतालाई खाना, चिकित्सा र राहत आपूर्तिसहित ४३ हजार टनभन्दा बढी सहायता प्रदान गरेको जनाएको छ ।  

Advertisment