Below Menu
Below Menu

जीवन बीमा कम्पनीहरुको उठाए नौ महिनामा एक खर्ब ४० अर्ब बीमाशुल्क ! 

जीवन बीमा कम्पनीहरुको उठाए नौ महिनामा एक खर्ब ४० अर्ब बीमाशुल्क ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको नौ महिनामा  झण्डै साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चैथ मसान्तसम्म कम्पनीहरुले एक खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।

यस अवधिमा कम्पनीहरुले एक करोड १५ लाख ७१ हजार २० बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार चैतमा महिनामा मात्रै कम्पनीहरुले तीन लाख ५५ हजार ४४६ बीमालेख जारी गरी १५ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । 

चैत मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १८ लाख ९३ हजार ७९१ बीमालेख बिक्री गरी ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख १८ हजार ७५४ बीमालेख जारी गरी १७ अर्ब सात लाख ९४ हजार रुपैयाँको व्यापार गरेको छ । 

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९३ हजार ७८४ बीमालेख जारी गरी १५ अर्ब १७ करोड आठ लाख २६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । 

प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच लाख ९६ हजार ७४५ बीमालेख जारी गरी नौ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले चार अर्ब ९० करोड ५४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै एशियन लाइफले सात अर्ब २४ करोड ७० लाख ४८ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले चार अर्ब ९५ करोड १३ लाख रुपैयाँ र सन नेपाल लाइफले तीन अर्ब १७ करोड १९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले चार अर्ब ४४ करोड ९० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सले छ अर्ब छ करोड ७१ लाख ४२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

चालु आवको नौ महिनामा सूर्यज्योति लाइफले आठ अर्ब ५५ करोड १५ लाख, सानिमा रिलायन्सले पाँच अर्ब ४२ करोड ४४ लाख र प्रभु महालक्ष्मी लाइफले चार अर्ब १९ करोड २२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । 

लघुबीमाको व्यापार साढे ८४ करोडमाथि  

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । चैत मसान्तसम्म कम्पनीहरुले २४ लाख ४० हजार ५७ बीमालेख जारी गरी ८४ करोड ५६ लाख १६ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले ३० करोड ४० लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ३० करोड ५४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २६ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २३ लाख ८६ हजार १२८ बीमालेख जारी गरी दुई अर्ब ५० करोड ७५ लाख ४३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 


 

Advertisment