Below Menu
Below Menu

स्वास्थ्य बीमा बोर्डद्वारा दोश्रो किस्तामार्फत गत वर्षको थप साढे ४६ करोड दाबी भुक्तानी

स्वास्थ्य बीमा बोर्डद्वारा दोश्रो किस्तामार्फत गत वर्षको थप साढे ४६ करोड दाबी भुक्तानी

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले गत वर्ष पुरानो दाबी वापतको थप साढे ४६ करोड रूपैयाँ भुक्तानी गरेको छ। बोर्डले आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमास अवधिसम्मको दाबीका आधारमा ४६ करोड ७१ लाख २८ हजार ८११ रुपैयाँ भुक्तानी गरेको हो। 

गत कात्तिक १३ गतेको बोर्डको निर्णयअनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा दोस्रो पटकको भुक्तानी पठाएको हो । बोर्डले गत आवको तेश्रो त्रैमास अवधिसम्मको दाबीवापत चालू आवको पहिलो किस्तावापत गत असोज मसान्तमा कुल ३ अर्ब २१ करोड ५७ लाख ७४ हजार  रूपैयाँ भुक्तानी गरि सकेको छ।

चालु आर्थिक वर्षमा मात्रै बोर्डले स्वास्थ्य बीमा वापतको साढे तीन अर्ब रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले प्रथम र दोस्रो किस्ता गरी ३ अर्ब ६८ करोड २९ लाख तीन हजार ८८ रुपैयाँ पठाएको हो । 

गत वर्षमा मात्रै बोर्डले सवा १३ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । बोर्डले २०८०र८१ को असार मसान्तसम्म छैठौंँ पटक गरी १३ अर्ब १६ करोड ९ लाख ४३ हजार १६ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

हालसम्म बोर्डले स्वास्थ्य बीमा बापतको सवा ५९ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ५९ अर्ब २१ करोड ६६ लाख २२ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका २७४ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् ।

बोर्डका अनुसार एक करोड रूपैयाँभन्दा बढी सोधभर्ना प्राप्त गर्ने अस्पतालहरूमा प्रमुख अस्पतालहरू महाराजगञ्ज शिक्षण अस्पताल, वीर अस्पताल, गंगालाल हृदय रोग उपचार केन्द्र, धुलिखेल अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, सुर्खेत प्रादेशिक अस्पताल, गण्डकी प्रादेशिक अस्पताल, कोशी प्रादेशिक अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर छन् ।

Advertisment

थप समाचार