Below Menu
Below Menu

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, दुर्गा प्रसाईले जिते मुद्दा 

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, दुर्गा प्रसाईले जिते मुद्दा 

काठमाडौं :  सर्वोच्च अदालतले दुर्गा प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई मेडिकल शिक्षा अध्यापनको अनुमति प्रदान गर्न आदेश दिएको छ। सोमबार न्यायधीश डा कुमार चुडाल र शारङ्गा सुवेदीको इजलाशले उक्त मुद्दाको फैसला सुनाएको हो ।

सर्वोच्च अदालतले मेडिकल व्यवसायी प्रसाईँको पक्षमा रिट जारी गर्दै उनको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो । यससंगै  सो मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।

बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति पाए पनि सरकारले अनुमति नदिएपछि प्रसाईले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी गर्दै मुद्दा दायर गरेका थिए। प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौँ विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।

उक्त मुद्दामा सर्वोच्चले अग्राधिकार प्रदान गरेर सुनुवाई गरेको थियो । गत चैत ४ गते न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले यो मुद्दा गम्भीर संवेदनशील भएको भन्दै अग्राधिकार दिने आदेश गरेको थियो ।

Advertisment

थप समाचार