काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन तोलामा ५ सय रुपैयाँले बढेर एक लाख २३ हजार ५ सय पुगेको सुनको मूल्यले रेकर्ड तोकेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment