Below Menu
Below Menu

सरकारले तिरेन कृषि बीमाको अनुदान रकम, पोलिसी बन्द गर्दै कम्पनी 

सरकारले तिरेन कृषि बीमाको अनुदान रकम, पोलिसी बन्द गर्दै कम्पनी 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरूले चैत्र १ गतेदेखि कृषिको बीमा नगर्ने भएका छन् । सरकारले कृषि बीमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएको भन्दै नेपाल बीमक संघले कृषि बीमासँग सम्बन्धित बीमालेख जारी गर्ने रोक्ने भएका हुन् । 

संघले प्रेस विज्ञप्ती जारी गर्दै कृषि सम्बन्धि बीमालेखको पुरा बीमाशुल्क प्राप्त भएपछि मात्र बीमालेख जारी गर्ने चेतावनी दिएका हुन् । बीमा कम्पनीहरुले पाउनुपर्ने रकम बढ्दै जाँदा थप जोखिम लिन नसक्ने साथै दाबी भूक्तानी तिर्न समेत असहज भएको संघको भनाई छ । 

नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ अनुसार उधारो बीमा जारी गर्न नमिल्ने व्यवस्था गरेको छ । संघले कृषि तथा पशुपन्क्षी मन्त्रालय तथा विभागलाई पटक पटक जानकारी गराईएको थियो । 

बीमाको अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपछि मन्त्रालय, कृषि विभाग र बीमा प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत नपाएको गुनासो बीमा कम्पनीहरूको छ ।

‘सरकारले तिर्न बाँकी रहको अनुदान रकम तक्कातल भुक्तानी गर्न र नगदमा बीमा पोलिसी गर्ने गर्ने व्यवस्था मिलाउन पून अन्तिम पटक आग्रह गर्दछौं’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


 

Advertisment

थप समाचार