Below Menu
Below Menu

सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर एक लाख २३ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोकेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार