Below Menu
Below Menu

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा अम्बे स्टिल्स

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा अम्बे स्टिल्स

काठमाडौं : अम्बे स्टिल्स लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ । कम्पनको आज हुने साधारण सभामा प्रिमियम मूल्यमा आईपीओ ल्याउने प्रस्ताव राख्दैछ ।

कम्पनीको टेकुस्थित कर्पोरेट कार्यालयमा बिहान ११ बजेबाट सुरु हुदैछ। आईपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन सभाले स्वीकृत गर्नेछ भने नयाँ सञ्चालक समितिको गठन पनि गर्नेछ ।

कम्पनीले अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ। साथै कम्पनीको बैंक ऋण सम्बन्धमा सभाले छलफल तथा पारित गर्नेछ।

Advertisment

थप समाचार