Below Menu
Below Menu

शेयर बजारमा सामान्य करेक्सन, निरन्तर खुम्चिदै कारोबार 

शेयर बजारमा सामान्य करेक्सन, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका १२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा चार अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन बैंकको प्रमोटर शेयरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु, हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

आज नेपाल एसबिआई बैंक डिबेञ्चरको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार