Below Menu
Below Menu

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार