Below Menu
Below Menu

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला एक लाख २२ हजार पुग्यो 

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला एक लाख २२ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत मंसिर १८ गते सोमबार एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisment

थप समाचार