काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हो ।
जस अनुसार पुस १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न तथा सक्नेछन्।कम्पनीको सभा पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ।
सो सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment