काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.०३ अंकले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा ५ अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइबार नेप्सेमा ७ अर्ब ११ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज बिपिडब्लु लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment