Below Menu
Below Menu

नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, न्युनतम ५०० बुझाउन सकिने  

नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, न्युनतम ५०० बुझाउन सकिने  

काठमाडौं : नागरिक लगानी कोषको नागरिक पेन्सन योजना ल्याएको छ । उक्त योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।

कोषका अनुसार सो योजनामा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५०० रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिनेछ । 

बचतकर्ताको आम्दानीको आधारमा मासिक/८ त्रैमासिक/अर्धवार्षिक/वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । किस्ता बुझाउँदा मासिक ५०० भन्दा कम नहुने गरी बुझाउनु पर्ने कोषले जनाएको छ ।

कोषका अनुसार पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान हुनुपर्नेछ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्ने कोषले जनाएको छ ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।

सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतिय भूक्तानी मार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरे पछि सोको जानकारी कोषलाई दिनु पर्ने छ ।

कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकम प्रति कोषको कुनै दायित्व रहने छैन । कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ ।

रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले नलिने जनाएको छ ।
 

Advertisment

थप समाचार