Below Menu
Below Menu

युनिभर्सल पावरद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ? 

युनिभर्सल पावरद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ? 

काठमाडौं : युनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ८.५५ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते आइतबार कम्पनीको कार्यालय त्रिपुरेश्परमा दिउँसो १२ः१५ बजे साधारणसभा बोलाएको छ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने लगायत लाभांश प्रस्ताव, लेखापरिक्षक नियुक्र गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने र प्रबन्धप तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १७ गतेसम्म कायम भएका शेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने प्रस्ताव पारित गर्नेछन् । 
 

Advertisment

थप समाचार