काठमाडौं : नेपाल ल्युब आयलको शेयरमूल्य समायोजन भएको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनसपछिको शेयरभूल्य समायोजन गरेको हो । कम्पनीलेसाधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। कम्पनीको २५ प्रतिशत बोनसपछिको शेयरमूल्य २२५ दशमलव ९२ रुपैयाँ कायम भएको छ। कम्पनीको अन्तिम कारोबार २८२ दशमलव ४० रुपैयाँमा भएको थियो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित कम्पनीले पुस २५ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment