Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, सात अर्ब ११ करोडको कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, सात अर्ब ११ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार भएको छ । आज बजारमा ७ अर्ब ११ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त र चिरख्वा हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रशिततले बढेको हो ।

आज ज्योति विकास बैंकको डिबेञ्चर र नेपाल रिपब्लिक मिडियाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार