Below Menu
Below Menu

पाँच महिनामा करिब ६ खर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो 

पाँच महिनामा करिब ६ खर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो 

काठमाडौं : चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आयात र निर्यात दुवै घटेको छ । यस अवधिमा आयात ३.७९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतले घटेको हो । पाँच महिनामा ६ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

विभागका अनुसार यस अवधिमा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 

यस अवधिमा नेपालले ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको तुलनामा व्यापार घाटा ३.०९ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

मंसिरमा नेपालले ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   
 

Advertisment

थप समाचार