काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको सञ्भालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६४ प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ।
नेप्सेले हाल कायम चुक्ता पूँजीको ६० प्रतितशका दरले हुने आउने ६४ करोड लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते आइतबार साधारणसभा बोलाएको छ ।
सो सभा नेप्सेको कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment