काठमाडौं : सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले पुस २६ गते बिहिबार साधारण सभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको दोस्रो तल्ला पुतलीसडकमा हुनेछ ।
सभाले गत आवको वित्तीय विववरण माथि छलफल, लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment