काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार आठ सढ रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment