Below Menu
Below Menu

ब्याज आम्दानी बढेसँगै नागरिक लगानी कोषको नाफा बढ्यो, ईपीएस कति?

ब्याज आम्दानी बढेसँगै नागरिक लगानी कोषको नाफा बढ्यो, ईपीएस कति?

काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार असोज मसान्तसम्ममा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कोषले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पहिलो त्रैमासम्म आइपुग्दा कोषको ब्याज आम्दानी बढेसँगै नाफा बढेको हो ।

गत आवको सोही अवधिमा १० करोड १२ लाख रुपैयाँ रहेको कोषको ब्याज आम्दानी समिक्षा अवधिमा आइपुग्दा २३.०३ प्रतिशत बढेर १२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा सेवा शुल्क तथा कमिशन आम्दानी १२.१० प्रतिशत बढेको भने कुल आम्दानी १४.६० प्रतिशत बढेको छ । त्यस्तै कुल खर्च १७.२७ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कोषको नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । गत आवको सोही अवधिमा २१ रुपैयाँ ९० पैसा रहेको कोषको इपिएस यस अवधिमा आइपुग्दा १ रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसामा झरेको छ । 

पाँच अर्ब ३१ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिमा कोषको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.५३ गुणा रहेको छ ।
 
 

Advertisment

थप समाचार