Below Menu
Below Menu

ग्लोबल आइएमई बैंकले कमायो चार अर्ब ४० करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

ग्लोबल आइएमई बैंकले कमायो चार अर्ब ४० करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ४० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २.९३ प्रतिशते कम हो । गत वर्ष बैंक चार अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै नाफामा असर परेको हो । साथै बैंकको इम्पेरिमेन्ट चार्ज बढेका कारण नाफा घटेको हो ।  

गत आवको चैतसम्म १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी ३.९१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँमा झरेको छ । त्यस्तै बैंकको खुद फि तथा कमिसन आम्दानी १२.७७ प्रतिशतले बढेर दुई अर्ब ६० करोड ७१ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ३.१३ प्रतिशतले बढेर १६ अर्ब २ करोड ७७ लाख रुपैयाँ पुगेको छ । 

यस अवधिमा बैंकको सञ्चालन मुनाफा भने ६.८१ प्रतिशतले घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्ष बैंकको सञ्चालन मुनाफा ६ अर्ब ३३३ करोड ६६ लाख रुपैयाँ रहेको थियो । 

चैत मसान्तसम आईपुग्दा बैंकको इम्पेरिमेन्ट चार्ज तीन अर्ब ११ करोड एक लाख रुपैयाँबाट बढेर तीन अर्ब ९१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा तीन अर्ब ५४ लाख रुपैयाँ रहेको छ । 

बैंकको प्रतिशेयर आम्दानी १५.४० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १७८.५३ रुपैयाँ छ र मूल्य आम्दानी अनुपात १५.४६ गुणा रहेको छ । गत वर्ष ४.९८ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ४.९७ प्रतिशतमा झरेको छ । 

यस अवधिमा बैंकले ६ खर्ब २६ अर्ब ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने चार खर्ब ३९ अर्ब चार करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चैत मसान्तसम्म ३८ अर्ब ११ करोड ५८ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ सञ्चिति रहेको छ ।  

Advertisment

थप समाचार