Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार

शेयर बजारमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.३६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकम भने बढ्न सकेकाे छैन । आज बजारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोल्टी होटल्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज छ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो ।  त्यस्तै आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । 
 

Advertisment

थप समाचार