Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजारले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजारले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार