Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : प्रभु महालक्ष्मी (साविकको प्रभु र महालक्ष्मी) लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असोज २३ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।

साविकको प्रभु लाइफले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक (सम्बृद्ध) बीमालेख योजनामा प्रतिहजार न्युनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन (अमुल्य) बीमा योजनामा प्रतिहजार न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार सावधिक सम्बृद्ध (एकल भुक्तानी) अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक– वैभव योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा सावधिक (श्री वृद्धी) – प्रत्येक वर्ष ५ प्रतिशत बीमाङक वृद्धि योजनामा न्युनतम प्रति हजार ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म कायम गरेको छ ।

त्यसैगरी सावधिक बालबालिका (जीवन किरण) योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी बालबालिका सावधिक (जीवन उन्न्ती) योजना र एकल अग्रिम भुक्तानी बालबालिका सावधिक (जीवन उन्नती) योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ ।

नयाँ बोनसदर अनुसार कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक (समुन्नति) योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि २४ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ ।

साविकको महालक्ष्मी लाइफको नयाँ बोनसदर

साविकको महालक्ष्मी लाइफले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ५२ रुपैयाँसम्म बोनसदर पाउनेछन् नयाँ बोनसदर अनुसार महालक्ष्मी सावधिक बीमालेख योजनामा प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा  प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार महालक्ष्मी बाल बचत बीमा योजनामा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँसम्म र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment