Below Menu
Below Menu

सामान्य अंकले बढ्यो शेयर बजार, एक अर्ब आठ करोडमा समेटियो कारोबार 

सामान्य अंकले बढ्यो शेयर बजार, एक अर्ब आठ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथोे कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज माण्डु हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज चार करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा सिटि होटल्स, माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्मेन्ट कम्पनी, समता घरेलु लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर कम्पनी रहेका छन् । 

यी  कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सानिमा निआईसी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य चार प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment