काठमाडौं : दुई इन्स्योरेन्स कम्पनीको २५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा आएको छ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १५ लाख १३ हजार २८९ कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले पनि खरिद गर्न पाउनेगरी बिक्रीमा ल्याएका हुन् ।
प्रभु इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समुहको १९ लाख ७९ हजार ४२४ कित्ता शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्रीम ल्याएको हो ।
कम्पनीको शेयर खरिद इच्छुक शेयरधनीहरुले कात्तिक २३ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्युनतम मूल्य ३५५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
कम्पनीको शेयर खरिदका लागि न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । आवेदन दिँदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म आवेदन दिन सकिने शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयरको मूल्य प्रतिकित्रा २८० रूपैयाँ तोकिएको हुँदा इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति वा संघसंस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीको शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment