Below Menu
Below Menu

सोनापुर मिनरल्सकाे आईपीओ बाँडफाँट, भाग्यमानी आठ जनाले पाए ११ कित्ता 

सोनापुर मिनरल्सकाे आईपीओ बाँडफाँट, भाग्यमानी आठ जनाले पाए ११ कित्ता 

काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल निगमको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बुधबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको शेयरमा ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले १ करोड ५१ लाख ५९ हजार ९२० कित्ताका लागि आवेदन दिएका थिए । 

मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। आवेदन दिएकाहरूमध्ये १० लाख ३२ हजार १३२ आवेदकले १०र१० कित्ताको दरले शेयर पाएका छन् । जसमध्ये ८ जनाले कम्पनीको थप एक कित्ता शेयर प्राप्त गरेका छन्। 

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसमा ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

Advertisment