काठमाडौं : हिमालयन लाइफ (साविकको गुराँस लाइफ) इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असोज २१ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७६ रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजनामा प्रतिहजार न्युनतम ३८ रुपैयाँदेखि अधिकतम ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, सावधिक तथा आजिवन बीमा योजनामा प्रतिहजार न्युनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम ३६ रुपैयाँदेखि ३८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले वार्षिक नगद फिर्ता योजनामा न्युनतम प्रतिहजार ३४ रुपैयाँदेखि अधिकतम ४३ रुपैयाँसम्म रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा गुँरास सुरक्षित भविष्य जीवन बीमा योजनामा न्युनतम प्रति हजार २० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म कायम गरेको छ ।
त्यसैगरी ३० वर्षे गुँरास जीवन रक्षक (सिमित भुक्तानी), गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३५रुपैयाँदेखि ७० रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment