काठमाडौं : गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह(२०२३ को अभियान अन्तर्गत सप्ताहव्यापी पूँजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तक्र्रिया कार्यक्रमहरु गरी सम्पन्न गरेको छ ।
यसअन्तर्गत क्यापिटललेलगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले सप्ताह व्यापी कार्यव्रmमहरु सम्पन्न गरेको हो । क्यापिटलले पूँजी बजार साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
जस अन्तर्गत असोज १६ गते गोल्डेनगेट इन्टरनेशनल कलेजमा, असोज १७ गते सेन्ट लरेन्स कलेजमा र असोज १८ गते पञ्चकन्या ग्रुपमा शेयर बजार अन्तक्र्रिया सचेतना कार्यक्रम र असोज १९ गते स्याङजा जिल्ला उद्योग वाणिज्य संघमा पूँजी बजार साक्षरता कार्यक्रम तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
विश्व लगानी कर्ता सप्ताह (२०२३ एक हप्ते लामो आई ओ एस सिओद्धारा प्रवद्र्घन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पूँजी बजारसँग सम्बन्धीत जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।
Advertisment