Below Menu
Below Menu

विभागद्वारा १४ म्यानपावर कम्पनी निलम्बन, शंकास्पद कागजात पेश गरी श्रम स्वीकृति लिएको आरोप 

विभागद्वारा १४ म्यानपावर कम्पनी निलम्बन, शंकास्पद कागजात पेश गरी श्रम स्वीकृति लिएको आरोप 

काठमाडौं : वैदेशिक रोजगार विभागले १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ । शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको आरोप १४ कम्पनीलाई निलम्बन गरिएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

वैदेशिक रोजगारीका लागि इजाजत लिएका कम्पनीहरुले जापानी भाषा तथा संस्कृति  सम्बन्धी तालिमको शंस्कास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने गरेको उजुरी विभागमा परेको विभागद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  
सोही आधारमा प्रारम्भिक अनुसन्धान गर्दा देखिएको आधारमा वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम उक्त कम्पनीहरुलाई निलम्बन गरेको जनाएको हो । अन्य संस्थाको हकमा अनुसन्धान जारी राख्ने विभागले जनाएको छ ।

Advertisment

थप समाचार