Below Menu
Below Menu

महुली लघुवित्तको लाभांश संशोधन

महुली लघुवित्तको लाभांश संशोधन

काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ। कम्पनीले अब गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीमा अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्नेछ।

राष्ट्र बैंकले बोनस सेयर र नगद गरी अधिकतम १५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण गर्न निर्देशन दिएको कम्पनीले जानकारी गराएको छ।

यसअघि भने सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Advertisment