Below Menu
Below Menu

विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्धता गराउन सुरू

विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्धता गराउन सुरू

काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ। सामाजिक सुरक्षा कोषले आजदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो ।

इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ। प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरिएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।
योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका करिब २२ लाख नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ । वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ ।

उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो । विदेशमा रहेका नेपालीले उतैबाट अनलाइन मार्फत कोषमा आबद्ध हुन सक्नेछन्। कसरी आबद्ध हुने कोषका निर्देशक डा . रोशन कोजुले विदेशमा रहेका नेपालीले नेपालको बैङ्कमा पैसा पठाउन सकिने बताए। नेपालबाट श्रम स्वकिृती लिएर जाने क्रममा उनीहरु अनलाइन मार्फत नै आबद्ध हुनेछन्। विदेशमा रहेकाले नवीकरण गर्दा पनि अनलाइनमार्फत आबद्ध हुनेछन्।

Advertisment

थप समाचार