Below Menu
Below Menu

पपुलर हुनकै लागि ऋण तिर्दिन भन्नु गलत: वरिष्ठ उपाध्यक्ष ढकाल

पपुलर हुनकै लागि ऋण तिर्दिन भन्नु गलत: वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्नु गलत भएको बताएका छन्। व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न समेत ढकालले आग्रह गरेका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा शुक्रबार वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीमाझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन आग्रह गरेका हुन्।

केही व्यवसायी साथीहरुले महासंघको निर्वाचनलाई लक्षित गरी पपुलर कुरा गर्ने गरेको बताउँदै नेतृत्वमा पुग्ने व्यक्ति जवाफदेही र जिम्मेवार पनि हुनुपर्ने बताए।

कोभिड महामारीका कारण मुलुकको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यसमा विस्तारै सुधार देखिन थालेको बताए।

Advertisment

थप समाचार