पूर्वाञ्चल ल्युब आयलले ८.४२ प्रतिशत लाभांश दिने 

पूर्वाञ्चल ल्युब आयलले ८.४२ प्रतिशत लाभांश दिने 

काठमाडौं : पूर्वाञ्चल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १६ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा नेपालीरिका होटलको मकालु हल सुन्दरहरैँचा–९, विराटनगर मोरङ्गमा बिहान ११ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।