मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई गाभ्ने 

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई गाभ्ने 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ।

भदौ १९ गते बसेको तीनवटै संस्थाको सञ्चालक समितिको बैठकले प्राप्तीसम्बन्धी निर्णय गरेको हो। निर्णयअनुसार मुक्तिनाथ विकास बैंक र यी दुई वित्तीय संस्थाबीच प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ।

प्राप्ति प्रक्रियालाई अगाडि बढाउने निर्णयसँगै जानकी फाइनान्स र सिन्धु विकास बैंकका आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का गरिएको छ।