Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंक निर्वाचन: महिला सञ्चालकका लागि क्षेत्र निर्धारण

राष्ट्रिय सहकारी बैंक निर्वाचन: महिला सञ्चालकका लागि क्षेत्र निर्धारण

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको छ । बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेश महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको जनाएको छ ।

निर्वाचन समितिले आईतबार सूचना प्रकाशित गर्दै महिला संचालकको आरक्षणबारे जानकारी दिएको हो । बैंकको विनियमावली अनुसार संचालक समितिमा ३३ प्रतिशत महिला आरक्षण तोकिएको छ । निर्वाचन कार्यविधि अनुसार महिलाका लागि प्रदेश क्षेत्र निर्धारण गर्ने अधिकार संचालक समितिमा रहेको छ ।

बैंकको पुस १६ गते हुने १९ औं वार्षिक साधारण सभाले अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन जनाको लेखा समिति चयन गर्नेछ । संचालकमध्ये प्रदेश संचालकमा २ जना महिला र खुल्ला संचालकमा तीन महिला आरक्षण गरिएको छ । यस्तै लेखा समितिमा पनि एक महिला अनिवार्य छ ।

उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ । पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय ९नामावली प्रकाशन० गर्ने रहेको छ, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।

Advertisment